सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

लुम्बिनीमाथि पुलिसको एकतर्फी जित


पश्चिम प्रेस
आइतबार, माघ १४ २०८०
  • 433
    Shares

  • images
    images
    लुम्बिनीमाथि पुलिसको एकतर्फी जित
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा भइरहेको मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीमाथी पुलिसले एकतर्फी जित निकालेको छ । 

     भीमदत्त नगरपालिका– ४ महेन्द्रनगरको खुला मञ्चमा आज (आइतबार)देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई  ३–० ले हराएका हो ।

     सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा रहेको प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछन् । 

    images

    त्यस्तै दोस्रो खेलमा खेलमा एपीएफ र मधेश प्रदेशले भिड्ने भएका छन् । 

    प्रतियोगिताको पहिलो दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती भिड्दा अन्तिम खेलमा कर्णाली र सुदूरपश्चिम भिड्नेछन् ।  


    प्रतिक्रिया दिनुहोस