सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम


पश्चिम प्रेस
आइतबार, माघ १४ २०८०
  • 127
    Shares

  • images
    images
    कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम
    images
    images
    images
    images
    महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले रानाथारु निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परिक्षण थियो । जसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ ।
    स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोग सम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका,बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परिक्षण गरिएका मध्ये एक सय ९९ जनामा बाहक (ट्रेट) देखा परेको थियो ।    “बाहक (ट्रेट) देखापरेका एक सय ९९ जनाको रगतको अन्तिम चेकजाँच गर्दा ४६ जनामा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ ।” भट्टले भने–“जसमध्ये १२ जनामा गम्भीर खालको रोग देखिएको छ ।” उहाँका अनुसार बाहक देखिएका एक सय ९९ मध्ये २२ जना महिला र २४ जना पुरुषमा सिकलसेल एनिमिया रोग देखिएको हो । 
    उनले बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गर्दा रगत परिक्षण गरेर मात्रै गर्नुपर्ने बताए । “ बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गरे उहाँहरुबाट जन्मिने व्याक्ति पनि रोगी जन्मन्छ ।” उनँले भने–“त्यसैले बिवाह गर्नुभन्दा पहिले रगत परिक्षण गरेर मात्रै बिवाह गर्नु उपयुक्त हुन्छ ।” हेमोग्लोबिन सँग सम्बन्धीत खराबीको कारणले हुने समस्याहरु विश्वमा ५ प्रतिशत भन्दा बढी भएको तथ्यांक छ । ति मध्ये सबै भन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया हो । नेपालमा पनि खास गरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । केहि समय अघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाहरुको डीएनए परिक्षण गर्दा १८ प्रतिशत व्यक्तिहरुमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उनले बताए ।
    नेपालका थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहेको र समयमै यसको रोकथामका उपायहरु अबलम्बन गर्न नसकिए अवस्था झन भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरीहरु समुदायको बसोबास उच्च रहेका पलिकाहरुमा यो रोगको पहिचान तथा निदानको लागी स्वास्थ्य कार्यालयले रगत परिक्षण गरेको जनाएको छ । 
    “सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जिन सम्बन्धि खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ ।” उनले भने–“केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटि मान्छे संग भयो भने त्यस बाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकल सेल रोग भएर जन्मने गर्छन ।” ट्रेट भएको व्यक्तिलाई शारीरिक रुपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उनले बताए ।     सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन । 

     


  • सम्बन्धित विषय:

  • # सिकलसेल एनिमिया
  • प्रतिक्रिया दिनुहोस