सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई


पश्चिम प्रेस
शनिबार, माघ २० २०८०
  • 774
    Shares

  • images
    images
    तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि एपिएफलाई
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ ले जितेको छ । शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेश लाई ३-१ सेटले पराजित गर्दै एपिएफ उपाधि हात पारेको हो ।  

    त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेटले  पराजित गरेको हो । 

    प्रतियोगिता विभिन्न ६ विधामा पुरस्कार प्रदान गरिएको छ । जसमा वेस्ट सर्भर एपिएफका खेलाडी हेमन्त मल्ल,  वेस्ट सेटर नेपाल पुलिस क्लबका इम राना, वेस्ट स्पाइकर गण्डकी प्रदेशका खेलाडी रवि केसीले उपाधि जितेका छन् । यसै गरी वेस्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, वेस्ट डिफेन्डर एपिफका विनोद चन्द, वेस्ट प्लेयर एपिफका बिजय थापा, वेस्ट कोचमा एपिएफका कोच पुष्प जङ्ग मल्ल र वेस्ट इमर्जिङ खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गरेका छन् । 

    images

    सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको विजेता टिम एपिएफले रु चार लाख, उपविजेता टिम गण्डकी प्रदेशले रु दुई लाख, तृतीय हुने नेपाल पुलिस क्लबले रु एक लाख र सान्त्वना त्रिभुवन आर्मी क्लबले ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।

     


    प्रतिक्रिया दिनुहोस