सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

धनगढीमा मोटरसाइकल दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु 


पश्चिम प्रेस
शुक्रबार, माघ २६ २०८०
  • 674
    Shares

  • images
    images
    धनगढीमा मोटरसाइकल दुर्घटनामा २३ वर्षीय युवकको मृत्यु 
    images
    images
    images
    images

    कैलाली । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    धनगढी उपमहानगरपालिका–१८ स्थित सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल ठोक्किँदा चालक कैलारी गाँउपालिका–३ दक्षिण भरडीका २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

    images


    प्रतिक्रिया दिनुहोस