सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

दोधारा चाँदनीमा २० जनाले लिए चुरा–पोते बनाउने १ महिने तालिम


पश्चिम प्रेस
शुक्रबार, माघ २६ २०८०
  • 277
    Shares

  • images
    images
    दोधारा चाँदनीमा २० जनाले लिए चुरा–पोते बनाउने १ महिने तालिम
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको ६ नम्बर वडामा २० जना महिलाले चुरा–पोते बनाउने १ महिने तालिम लिएका छन् ।

    शुक्रवार तालिमको समापन गरिएको छ । सीप विकास तथा व्यावसायिक तालिम केन्द्र महेन्द्रनगर र दोधारा चाँदनी नगरपालिका–६ वडा कार्यालयको संयुक्त आयोजनामा १ महिने चुरा–पोते तालिम सञ्चालन भएको हो ।

    वडाध्यक्ष ओम बस्नेतको अध्यक्षतामा भएको तालिम समापन समारोहमा तालिम केन्द्रका प्रमुख प्रमुख अतिथि रहेका थिए । तालिममा ज्योति केसी तिवारी प्रशिक्षक रहेकी थिइन् ।

    images

    समापन कार्यक्रममा वडाध्यक्ष बस्नेतले सीपबाट स्वरोजगार बन्न सकिनेमा जोड दिँदै महिला उद्यमशीलताका लागि आगामी दिनमा पनि तालिम आयोजना गर्दै जाने बताए ।


  • सम्बन्धित विषय:

  • # चुरा–पोते बनाउने १ महिने तालिम
  • प्रतिक्रिया दिनुहोस