सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

‘स्पिकिङ आइडल’ अडिसन : महेन्द्रनगरबाट २७ जना छनौट 


पश्चिम प्रेस
शनिबार, माघ २७ २०८०
  • 1.5K
    Shares

  • images
    images
    ‘स्पिकिङ आइडल’ अडिसन : महेन्द्रनगरबाट २७ जना छनौट 
    images
    images
    images
    images

    महेन्द्रनगर ।  कञ्चनपुरमा ‘स्पिकिङ आइडल’ प्रतियोगिताका लागि महेन्द्रनगरमा सम्पन्न भएको छ ।  आज (शनिवार) महेन्द्रनगरस्थित आदर्श विद्या निकेतनमा भएको अडिसनमा २७ जना छनौटमा पर्न सफल भएका छन् । 

    छनौटमा पर्नेमा तपश्री केसी, प्रदिप पार्की, अर्विन जोशी, भावना जोशी पियुष पन्त, पूर्णिका चन्द, युवराज भट्ट, अमिशा पन्त, भावना जोशी, सुस्मिता रोकाया, रोहित पन्त, रेखा भट्ट, कृतिका भट्ट रहेका छन् । यस्तै रितु उपाध्याय, सुरज कुमार पन्त, आकृति पाठक, सोनिका अपाध्याय, सौभाग्य बोगटी, भुवनेश्वर प्रसाद पन्त, सपना धानुक, भुवनेश्वरी लावड, पुरन धामी, गौरव एैर, उपसना भट्ट, अर्चना चन्द, जतिन पन्द र बसन्ती जोशी छनौटमा पर्न सफल भएका छन् । 

    जिल्लाका विभिन्न ४ ठाउँमा भएका अडिसनबाट जम्मा ५१ जनाले अडिसनको यात्रा पार गरेका छन् ।

    images

    अडिसन यात्रा पार गरेका प्रतियोगीहरूले भिमदत्तनगरमा हुने थप लेन्स स्पिकिङ‌ राउन्ड र सम्भावना राउन्ड गरी २ चरणमा प्रतिस्पर्धा  गर्नेछन् । सम्पूर्ण चरण पार गर्ने उत्कृष्ट १० जनाले स्पिकिङ आइडल सिजन ४ को उपाधिका निम्ति फाल्गुन २ गते  भिमदत्तनगर‌ स्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने ग्राण्ड फाइनलमा‌ प्रतिस्पर्धा गर्नेछन् । 

    प्रतियोगितामा विजेताले एक थान ल्यापटप, उत्कृष्ट  १० भित्र पर्नेलाई शैक्षिक सामग्रीको विशेष प्याकेज र टप ४० जनालाई प्रमाण पत्र प्रदान गरिनेछ ।  


    प्रतिक्रिया दिनुहोस