सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

‘स्पिकिङ आइडल’को लेन्स स्पिकिङ‌ राउन्ड भोली ब्रिष्टन कलेजमा हुने 


पश्चिम प्रेस
आइतबार, माघ २८ २०८०
  • 191
    Shares

  • images
    images
    ‘स्पिकिङ आइडल’को लेन्स स्पिकिङ‌ राउन्ड भोली ब्रिष्टन कलेजमा हुने 
    images
    images
    images
    images

    महेन्द्रनगर ।  कञ्चनपुर जिल्लाभरमा ‘स्पिकिङ आइडल’को अडिसन सम्पन्न भएको छ । जिल्लाभरबाट अडिसनमार्फत ५१ जना छनौटमा पर्न सफल भएका छन् । 

    अडिसनको यात्रा पार गरिसकेका ५१ जनाका लागि लेन्स स्पिकिङ‌ राउन्ड भोली (माघ २९ गते) महेन्द्रनगरस्थित ब्रिष्टन कलेजमा हुने भएको छ । गत माघ २४ गतेदेखि जिल्लाका बिभिन्न ४ ठाउँमा भएको अडिसनमा आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै छनौटमा पर्न सफल विद्यार्थीहरूलाई लेन्स स्पिकिङ‌ राउन्ड र सम्भावना चरण गरी २ चरणमा प्रतिस्पर्धा गराइने भएको छ ।

    सम्पूर्ण चरण पार गर्ने उत्कृष्ट १० जनाले स्पिकिङ आइडल सिजन ४ को उपाधिका निम्ति फाल्गुन २ गते  भिमदत्तनगर‌ स्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजना हुने ग्राण्ड फाइनलमा‌ प्रतिस्पर्धा गर्नेछन् ।  

    images

    फाल्गुन २ हुने ग्राण्ड फाइनलमा विजेताले एक थान ल्यापटप, उत्कृष्ट  १० भित्र पर्नेलाई शैक्षिक सामग्रीको विशेष प्याकेज र टप ४० जनालाई प्रमाण पत्र प्रदान गरिनेछ ।  


  • सम्बन्धित विषय:

  • # ‘स्पिकिङ आइडल’
  • प्रतिक्रिया दिनुहोस