बिहीबार , चैत १६ गते २०७९ || Mar 30, 2023

बाजुरामा यातायात सेवा बन्द 


पश्चिम प्रेस
आइतबार, पुस ३ २०७९
  • 5.1K
    Shares

  • images
    images
    बाजुरामा यातायात सेवा बन्द 
    images
    images

    महेन्द्रनगर । बाजुरामा यातायात सेवा बन्द गरिएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा यातायात सेवा बन्द  गरिएको हो । घटना भएको एक महिना बिति सक्दा पनि हत्यामा संलग्नलाई कारबाहीको दायरामा नल्याइएको भन्दै अनेरास्ववियुले शनिवार साँझदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको बताइएको छ ।

    यातायात बन्द भएसँगै बाजुरामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चलन सकेका छैनन । मङ्सिर ४ गते भएको निर्वाचनका दिन भएको विवादलाई लिएर त्रिवेणी नगरपालिका ७ का अयडीमाथि घरमै कुटपिट गरिए पछि उनको उपचारका क्रममा बयलपाटा अस्पतालमा निधन भएको थियो ।


    प्रतिक्रिया दिनुहोस
    images