बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

सरकारी सम्पत्तीको दोहन : लेखापाल र आलेप अधिकृत हुदाहुदै भीमदत्तमा बेरुजु अधिकृत नियुक्त


पश्चिम प्रेस
मंगलबार, पुस १९ २०७९
  • 5.9K
    Shares

  • images
    images
    सरकारी सम्पत्तीको दोहन : लेखापाल र आलेप अधिकृत हुदाहुदै भीमदत्तमा बेरुजु अधिकृत नियुक्त
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले बेरुजु अधिकृत राखेको छ । नगरपालिकामा चार जना लेखा अधिकृत र एक जना आन्तरीक लेखा परिक्षक हुँदाहुदै नगरपालिकाले एक जना सेवा निर्वित भएका लेखापाललाई बेरुजु अधिकृतमा नियुक्त गरेको हो । 
     हाल नगरपालिकामा आन्तरीक लेखा परिक्षकमा प्रेम वल्लभ भट्ट छन । त्यसैगरी लेखा अधिकृतमा विक्रम भण्डारी,गोबिन्द राज उपाध्याय, दिपेन्द्र चौधरी र सहायक लेखापालमा पुरेन्द्र बिष्ट छन । नगरपालिकामा प्रर्याप्त कर्मचारी हुँदाहुदै सरकारी सेवाबाट निर्वित भएका लेखापाल कृष्ण देव भट्टलाई नगरपालिकाले बेरुजु अधिकृतमा करारमा नियुक्त गरेको हो । स्रोतका अनुसार बेरुजु अधिकृतमा नियुक्त भएका भट्ट निर्वतमान मेयर सुरेन्द्र विष्टले नियुक्त गरेका हुन । नगरपालिकामा लेखापाल र आन्तरीक लेखा परिक्षक हुँदा हुदै सरकारको पेन्सन खाने कर्मचारीलाई बेरुजु अधिकृतमा नियुक्त गर्नु कानुन विपरीत भएको एक कर्मचारीले बताए ।  सामान्य प्रशासन मन्त्रालयका एक सह–सचिवले सरकारी सेवाको दुईवटा लाभ लिन नमिल्ने बताए ।

    उनका अनुसार स्थानीय तह कार्यविधि अनुसार आवश्यकता अनुसार बेरुजु अधिकृत राख्न पाउने प्रावधान रहेपनि नगरपालिकामा पर्याप्त कर्मचारी हुदाहुैदै बेरुजु अधिकृत राख्नु गलत भएको बताए । “नगरपालिकामा पर्याप्त कर्मचारी हुँदाहुदै थप कर्मचारी नियुक्त गर्नु राज्य सम्पत्तीको दोहन गर्नु मात्रै हो ।” उनले भने–“नेपाल सरकारको सेवासुविधा लिने व्याक्तिले दोहोरो लाभ लिन मिल्दैन ।” नगरपालिकामा मेयर पदम बोगटी निर्वाचित भएर आएपछि उनी नेतृत्वको जनप्रतिनिधिहरुले नगरपालिका ऋणमा रहेको बताउदै स्वेतपत्र जारी गरेको थियो ।

    नगरपालिका स्रोतका अनुसार बेरुजु अधिकृत राखिए जस्तै अन्य थुप्रै कर्मचारी आवश्यकता भन्दा बढी नियुक्त भएका छन । “पालिकामा विभिन्न बाहानामा आवश्यकता भन्दा बढी कर्मचारी करारमा नियुक्त भएका छन ।” स्रोतले भन्यो–“ती आवश्यकता बाहेकका कर्मचारी किन चाहियो ? ती हटाए मात्रै पनि नगरपालिकाको आर्थिक भार कम हुन्छ ।” भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले आफु भीमदत्तमा आउनु अगाबै बेरुजु अधिकृत नियुक्त गरेको बताए । “ठुलो नगरपालिका भएकाले त्यो बेला कर्मचारी नहुँदा बेरुजु धेरै भएकाले बेरुजु अधिकृत करारमा नियुक्त गरिएको हो ।” उनले भने–“त्यो बेला आवश्यकता भएकाले करारमा बेरुजु अधिकृत नियुक्त गरिएकोे हो ।”


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # सरकारी सम्पत्तीको दोहन
  • प्रतिक्रिया दिनुहोस
    images