महेन्द्रनगर । लालझाडी गाउपालिकाले पन्ध्रौं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गरेको छ। लालझाडी गाउपालिका वडा न. ०१ स्थित श्री शारदा माध्यमिक विद्यालय नौरङ्गा को खेलमैदान मा भएको खेलकुदमा गाउपालिका भरिका ६ वटा माद्यमिक विद्यालयका सयौ बढि विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । श्री शारदा रास्ट्रीय माद्यमिक विद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव रानाको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउपालिका अध्यक्ष निर्मल रानाको प्रमुख आतिथ्यता रहेको थियो। बिशिस्ट अतिथि एवं गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्दराज भट्टले सुदुरपश्चिम प्रदेशमै सबैभन्दा पहिले तोकिएको समयमा रनिङ शिल्ड सम्पन्न गर्न सकिएको प्रति खुसि ब्यक्त गर्नुभयो। कार्यक्रम मा बोल्दै गाउपालिकाका पुर्व अध्यक्ष मदन सेन बडायकले खेल क्षेत्र मा लालझाडि गाउपालिकाले सन्तोसजनक प्रगति गरिरहेको र यस्ले विद्यार्थीमा नैतिक आचरण, अनुशासनको विकास समेत भैरहेको जानकारि दिनुभयो।
गत बर्ष को जिल्ला स्तरिय रनिङ शिल्डमा पनि लालझाडि गाउपालिकाको उत्कृष्ट प्रदर्शन रहेको थियो।
गाउपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि निर्मल रानाले खेलकुद स्वास्थ र रास्ट्रका लागि अपरिहार्य रहेको भन्दै आगामि दिनमा अझ उल्लेख्य प्रगति गर्न गाउपालिकाले कुनै कसर बाकि नराख्ने प्रतिबद्धता जनाउनुभयो। लगातार तिन दिनसम्म भएका खेलकुद मध्येबाट शारदा माबि नौरङ्गाले कुल १४ स्वर्ण सहित उत्कृष्ट स्थान प्राप्त गरेको छ।
आयोजक शारदा माबि का प्रधानाध्यापक रोमाकान्त उपाध्यायले भब्यताका साथ खेलकुद सम्पन्न भएको जानकारि दिनुभयो।