बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

महेन्द्रनगरमा अटो दुर्घटना,एकको मृत्यु


पश्चिम प्रेस
शनिबार, माघ १४ २०७९
  • 7.9K
    Shares

  • images
    images
    महेन्द्रनगरमा अटो दुर्घटना,एकको मृत्यु
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन । शनिबार पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई  पल्टिदा ३ जना  घाइते भएका थिए । घाइते मकवानपुरको हेटौडा उपमहानगरपालीका–१ का ३१ वर्षीय सरोज रिमालको  धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    अटोमा सवार रामेछापको सुन्थलि नगरपालीका–११ का १८  वर्षीया सबिना घिमिरे र महोत्तरीको मर्दिवास नगरपालीका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन ।  दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • प्रतिक्रिया दिनुहोस
    images