महेन्द्रनगर । कञ्चनपुरमा क्रिकेट मेला सुरु भएको छ । शनिबारदेखी महेन्द्रनगरमा सुरु भएको कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री राजेन्द्र सिंह रावले गरे । मन्त्री रावलले उद्घाटनमा बोल्दै खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताउनुभयो । “खेल हार रजितका लागि मात्रै होईन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ ।” मुख्यमन्त्री रावलले भन्नुभयो–“राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ ।” उहाँले कञ्चनपुर खेलाडी उत्पादनको भुमि समेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताउनुभयो ।
स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता,वडा स्तरीय प्रतियोगिता र विद्यालय स्तरीय प्रतियोगिताहरु सञ्चालन हुनेछन । शनिबार देखी कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडा स्तरीय र विद्यालय स्तरीय प्रतियोगिताहरु पनि आईतबारबाट सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिनुभयो । “क्रिकेट मेलाको पहिलो चरणमा आजबाट कर्पोरेट प्रतियोगिता सुरु भएको छ ।” उहाँले भन्नुभयो–“वडा स्तरी प्रतियोगिता र विद्यालय स्तरीय प्रतियोगिता पनि यो लगत्तै सुरु हुनेछन ।”
उहाँका अनुसार प्रतियोगितामा विजेता टिमले रु एक लाख ११ हजार नगद, ट्रफि र प्रमाण पत्र पाउने छ । भने उपविजेता टिमले रु ५५ हजार, ट्रफि र प्रमाण पत्र पाउनेछ । त्यसैगरी सिरिज अफ दि टिमले पाँच हजार पाँच सय नगदसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने संयोजक जोशीले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट ब्याट्य म्यानर र बलरलाई पैतिस–पैतिस सय नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
कर्पोरेट क्रिकेट प्रतियोगितामा एनआईसि एसिया बैंक, सनराईज बैंक, उदयदेव सहकारी, एनएमवि बैंक, नविल बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजि क्लव, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनशिल सहकारी र मेगा सहकारी गरी ११ टिमको सहभागि रहेको छ ।