महेन्द्रनगर । बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी ब्याजदरमा वृद्धि गरेको भन्दै धनगढीमा व्यवसायीहरूले प्रदर्शन गरेका छन । उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूले यस विषयमा सरकार गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।मनोमानी ब्याजदरका कारण व्यवसायीहरु धराशायी हुँदै गएपछि आन्दोलन गर्नुपरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । बैंक तथा वित्तीय संस्थाहरुले ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म बढाएपछि व्यवसायीहरु व्यवसायबाट पलायन हुने क्रम बढ्न थालेको उनले बताए ।
उपाध्यक्ष भुजानीयाले बैंकहरुले असुल गरिरहेको चर्को ब्याजको मारमा व्यवसायी मात्र होइन सर्वसाधारण पनि परेकाले सरकारले अविलम्ब हस्तक्षेप गर्नु पर्ने बताए ।