महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सचिवमा नवीन सिंह धामी निर्विरोध निर्वाचित भएका छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले धामीलाई सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सचिवमा निर्विरोध चुनेको हो ।
झण्डै दुई दशकदेखी कला क्षेत्रमा कृयाशील धामी लोकप्रिय स्टेज उदघोषक सर्जक एवम् सन्चारकर्मी हुन् १ पोखरामा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा अत्यधिक मतले निर्वाचित धामी यसपालीको आठौं महाधिवेशनबाट भने केन्द्रीय सचिवमा निर्विरोध निर्वाचित भएका हुन ।
प्रतिष्ठानको अध्यक्षमा भने रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन । ७५ सदस्यीय केन्द्रीय समितिमा ३७ जना निर्विरोध र ३८ जनाको टुंगो भने निर्वाचनले गरेको छ ।