बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

कञ्चनपुरमा बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी—व्यवसायी आन्दोलित


पश्चिम प्रेस
सोमबार, फागुन १५ २०७९
  • 156
    Shares

  • images
    images
    कञ्चनपुरमा बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी—व्यवसायी आन्दोलित
    images
    images

    कञ्चनपुर । बैंक तथा वित्तीय संघसंस्थाहरूको चर्को ब्याजदरविरुद्धमा कञ्चनपुरका उद्योगी–व्यवसायी आन्दोलित भएका छन्।

    सोमबारदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको अगुवाइमा बैंकको चर्को ब्याजदरविरुद्ध महेन्द्रनगरमा उद्योगी–व्यवसायीले प्रदर्शन गरेका हुन ।  
    कञ्चनपुर उद्योग वाणिज्य संघदेखि उद्योगी–व्यवसायीले बजार हुँदै प्रशासनसम्म विरोध प्रदर्शन गरेर ज्ञापनपत्र बुझाएको वाणिज्य संघका महासचिव खगेश्वर बोहराले बताए । उनका अनुसार प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयसहित अर्थ मन्त्रालय, राष्ट्र बैंकमा ज्ञापनपत्र पठाइएको छ । ब्याजदर घटाउनुपर्नेदेखि व्यावहारिक नीति खारेजीको एजेन्डा अघि सारेर आन्दोलनमा उत्रिएको बताए उनले बताए ।

    पहिलो चरणअन्तर्गत गत १५ फागुनदेखि २० सम्म निरन्तर आन्दोलन हुने र त्यसपछि सशक्त रूपमा आन्दोलन गर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पीताम्बर जोशीले बताए ।

    कुनै पनि बैंक घाटामा नगएको अवस्थामा उद्योगी–व्यवसायी चर्को ब्याजदरका कारण मारमा परेको उद्यमीहरुको जुनासो छ ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर उद्योग वाणिज्य संघ
  • प्रतिक्रिया दिनुहोस
    images