बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

 बिथोलिएको बित्तिय व्यवस्था : देशभर स्थिति आक्रामक 


पश्चिम प्रेस
बिहीबार , फागुन १८ २०७९
  • 162
    Shares

  • images
    images
     बिथोलिएको बित्तिय  व्यवस्था : देशभर स्थिति आक्रामक 
    images
    images

    कञ्चनपुर । विगत एक साता देखि बैंक तथा वित्तीय संस्थाको ब्याजदर विरुद्धमा देशभर हुन लागेको प्रदर्शन अझ आक्रामक बन्दै गएको छ । देशभर उद्योगी, व्यवसायी झन कडा रुपमा संघर्षमा उत्रिएका छन । सुदुरपश्चिमको अवस्या पनि कहालि लाग्दो भएको छ । सहकारी विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी गएर धर्ना तथा प्रदर्शन गर्ने कार्य अझै रोकिएको छैन ।

    जिल्लाको उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय तथा सदरमुकामका चोकहरुमा समेत विरोध प्रदर्शन भईरहेको छ । १८ गते बिहिवार ‘नो डिपोजिट’ अर्थात कुनै पनि बैंक वित्तीय संस्थामा रकम जम्मा नगर्ने निर्णय समेत गरेर आन्दोलनलाई झन कसिलो बनाइएको छ । फागुन २० गते सम्म हुने चरणबद्ध आन्दोलनमा बैकँहरु समेत घेरिएका छन । व्यवसायीका अनुसार ुकोरोनाले थला परेको व्यवासाय लयमा फर्किनै लाग्दा बेंक तथा वित्तीय संस्थाको अचाक्ली व्याजदरले हामी आतङ्कित भएर आन्दोलन सुरु गरेको आन्दोलनको जिम्मेवार सरकार रहेको उनिहरुको भनाई छ । के वास्तविकता यस्तै हो त ? व्याँजदर वृद्धि गरेर सरकारले गल्ती गरेकै हो त ? अब सरकारको अग्लो पाइला कहा र कुन निर्णयमा टेकिएला ? आन्दोलनकै क्रममा एक व्यवसायी भन्छन “बैंकहरूले दोब्बर व्याज बढाएर बैंङ्किङ आतङ्क मचाएको छ। र यसले सम्पूर्ण उपभोक्तालाई महङ्गीको मारमा पारेको छ।”

    फागुन १५ गते देखि सुरु भएको यो आन्दोलनले सरकारको ध्यानाकर्षण हुने एक व्यवसायीले ठहर्याए । बुधवारका दिन धनगढीमा आन्दोलनकारीले बैँक समेत घेराउ गरे तर सरकारको ध्यान यो समस्या भन्दा पनि देशको राजनिति तर्फ बढि गइरहेको देखिन्छ ।  यस्तै अवस्था आउँदा केहि बर्षसम्म ररिहने हो भन देशको अर्थतन्त्रे श्रलंकाको जस्तै अवस्था नआउला भन्न सकिन्न । 

    यो अवस्था सँग जुध्न सरकारले त्रुटीपूर्ण रुटीपूर्ण ढंगले भइरहेका गतिविधिहरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको छ । यो सँगै देशको मौद्रिक निती समेत सुधार आवश्यक रहेको छ ।  

     


  • सम्बन्धित विषय:

  • # बित्तिय व्यवस्था
  • प्रतिक्रिया दिनुहोस
    images