बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

मौलिकता गुमाउदै होली


पश्चिम प्रेस
आइतबार, फागुन २१ २०७९
  • 3.1K
    Shares

  • images
    images
    मौलिकता गुमाउदै होली
    images
    images

    महेन्द्रनगर ।  हिन्दु परम्परामा विजय उत्सवका रुपमा मनाइने होली पर्वको मौलिकता हराउन थालेको छ ।
     पौराणिक मान्यता अनुसार असत्य माथी सत्यको विजय भएको खुशियालीमा होली पर्व मनाउने गरिन्छ । होलीमा इतिहास तथा पुराणका विभिन्न कालखण्डका घटनासँग सम्बन्धित विषयवस्तुलाई नृत्यगेयात्मक रुपमा प्रस्तुत गरिन्छ । पुराण प्रसिद्ध राम, कृष्ण लगायत विभिन्न देवीदेवताहरुका गाथा एवम् स्तुति तथा इतिहास प्रसिद्ध बीर पुरुषहरुका गाथा लगायत सामाजिक तथा प्राकृतिक विषयवस्ुतमा आधारित गाथाहरु प्रस्तुति हुने गरेपनि पछिल्लो समय केवल रंगहरुमा मात्रै होली सिमित हुने गरेको छ ।

     साहित्यकार कविराज भट्ट होली प्रस्ुततिका आधारमा खडी तथा बैठी गरेर दुई किसिमको हुने गरेको बताउँछन । उहाँका अनुसार खडी होली गोलाकार रुपमा पंतिबद्ध भइ नृत्य तथा अभिनय गर्दै प्रस्ुतत हुन्छ भने बैठी होली बसेर तालीसँग खेल्ने गरिन्छ । “अहिलेको पुस्ता त होली भनेपछि रंग दल्ने मात्रै बुझ्न होलीको आफ्नै मौलिकता छ ।” साहित्यकार भट्टले भन्नुभयो–“होली महिमा र गरिमालाई अहिलेका पुस्ताले आत्मसाथ गर्नु जरुरी छ ।” उहाँले होलीमा विभिन्न लोक बाँजाहरुको प्रयोग गरिने बताउनुभयो । “देव स्थल, सार्वजनिक स्थल लगायत घरघरमा गएर होली खेल्ने प्रचलन परापूर्व कालदेखि चल्दै आएको पाइन्छ ।” उहाँले भन्नुभयो–“होली विजय तथा खुशियालीको पर्व भएकाले विशेष गरी रङहरु लगाउँदै मनोरञ्जन गरिन्छ ।” उहाँले होलीमा विभिन्न विषयवस्तुमा आधारित गाथाहरुका साथै आर्षिवचन समेत दिने गरेको बताउनुभयो । 

     होलीमा प्रस्तुत गरिने गाथाहरुमा हाम्रो इतिहास एवम् मौलिक पहिचान लुकेको प्रगतिशील लेखक संघ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतत्रन्धुले बताउनुभयो । “यसले भाषा, साहित्य एवम् लोक साहित्य र लोकवार्ताका विषयवस्तुहरुलाई झल्काउँने भएकाले यसको गहन अध्ययन तथा प्रस्तुतिमा निरन्तरता दिनु आवश्यक छ ।” उहाँले भन्नुभयो–“वर्तमान समयमा पश्चिमा सँसकृति र पुँजीवाद हावी हुँदै गएपछि हाम्रो मौलिक पहिचान बोकेका साँस्कृतिक विषयवस्तुहरु लोप हुँदै गइरहेका छन ।” उहाँले होलीलाई अतिरञ्जनात्मक बनाइ मादक पदार्थको सेवन तथा जथाभावी रङ मात्र दल्ने परिपाटी बढ्दै गएपछि होलीको मौलिकता हराउँदै गइरहेको बताउनुभयो ।

    “होलीको मौलिकता हराउँनु भनेको हाम्रो इतिहास र मौलिक पहिचान हराउँनु हो ।” उहाँले भन्नुभयो–“यसलाई परम्परागत रुपमै सभ्य तरिकाले प्रस्तुत गर्न र यसको संरक्षण गर्न हामी सबैको दायित्व हुन आउँछ ।” होली पर्वमा गाईने लोक गीतहरु संगै होलीमा प्रयोग हुने लोकबाजा समेत हराउन थालेको जानकारहरु बताउँछन ।  “अहिले होलीमा डिजेको प्रयोग गरेर नाच्ने र रमाईलो गर्ने गरिन्छ ।” स्थानीय गणेश भट्टले भन्नुभयो–“यसले गर्दा हाम्रा लोकबाजा र ती मौलिक गीतहरु समेत हराउन थाले ।” उहाँले अहिलेको पुस्ताले परम्परालाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पनि होली पर्वमा उच्छृङ्खल  गतिविधि नर्गन आग्रह गरेको छ । प्रहरीले होली पर्वलाई सभ्य, शिष्ट, र मर्यादित तवरले मनाउन सबैलाई आग्रह गर्दै अपराधिक क्रियाकलाप गरे कानुन बमोजिक कार्बाही हुने जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # मौलिकता गुमाउदै होली
  • प्रतिक्रिया दिनुहोस
    images