काठमाडौं । हिजो ५ सय रूपैयाँले घटेको सुनको मूल्य आज ८ सय रूपैयाँले बढेको छ । हिजो १ लाख १ एक हजार रूपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेकोछ भने आज आज चाँदीको मूल्य स्थिर छ । बिहीबार चाँदीको मूल्य १ हजार २२० रूपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।