कञ्चनपुर । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएको नेपाली टोलीका सदस्यलाई सरकारले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ । हिजो भएको विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले पराजित गर्दै नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई बधाई दिँदै जनही ३ लाख दिने छन् । उनले आज बिहान नेपाली टोलीका सदस्यलाई बधाई तथा शुभकामना दिन बालुवाटार बोलाएका थिए ।
नेपालले अब जिम्मबाब्बेमा हुने विश्वकप छनोट खेल खेल्ने छ । १० टिम सहभागी टोलीमा दुई समूहका शीर्ष २ टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन्।