काठमाडौं । बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न भएको नेपाल र यूएईको खेलमा इन्टरनेट ब्यान्डविथ खपत हालसम्मकै उच्च हुदै रेकर्ड कायम गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको हिजो भएको खेलमा ब्यान्डविथ खपत तीन गुणाले बढेको नेपाल इन्टरनेट एक्सचेन्ज (एनपिक्स) ले जनाएको छ । नेपाली टोलीले खेल जिती पहिलो पटक विश्वकप क्रिकेट क्वालिफायरका लागि छनोट हुँदा इन्टरनेट ब्यान्डविथको ट्राफिकले पनि नयाँ रेकर्ड बनाएको हो । खेलका चलिरहँदा इन्टरनेट ट्राफिक प्रति सेकेन्ड ६०.१८० गिगाबिट्ससम्म पुगेको हो । यो अवधिमा सबैभन्दा धेरै ट्राफिक कान्तिपुर टिभीको वेबसाइटमा भएको थियो ।
सामान्य समयमा १६ देखि २० गिगाबिट्स इन्टरनेट खपत हुनेमा हिजोको खेलमा भने तीन गुणाले बढेको थियो ।