बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

महेन्द्रनगरबाट दिल्ली जाने बसलाई भारतीय अवरोध, बनबासामा रोकियो


पश्चिम प्रेस
शुक्रबार, चैत ३ २०७९
  • 26.7K
    Shares

  • images
    images
    महेन्द्रनगरबाट दिल्ली जाने बसलाई भारतीय अवरोध, बनबासामा रोकियो
    images
    images

    कञ्चनपुर । महेन्द्रनगरबाट भारतको दिल्ली जाने ‘नेपाल–भारत मैत्री बस सेवा’ लाई भारतीय पक्षले अवरोध गर्दा बनबासामा रोकिएको छ ।

    शारदा ब्यारेज नजिक भारतीय ट्याक्सी व्यवसायीहरुले नेपाली नम्बर प्लेटका बस रोकेर यात्रुहरुलाई ओरालेका छन । नेपाली प्रशासनले भारतीय नम्बर प्लेटका ट्याक्सीहरुलाई महेन्द्रनगर प्रवेश गर्न नदिएको भन्दै बस रोकेर विरोध गरेका हुन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही दिनअघि व्यवसायीहरुको अनुरोधमा भारतीय ट्याक्सीहरुलाई नियन्त्रण गर्ने निर्णय गरेको थियो । महेन्द्रनगरसम्म आउजाउ गर्दा समस्या नभएको तर दिल्लीबाट ट्याक्सि बुक गरेर गरेर बाजुरा, बझाङसम्म जाने गरेको पाइएको हुदा सरोकार व्यक्त गरेको महाकाली बहु उद्देश्यीय यातायातका उपाध्यक्ष विष्णु कँडेलले बताए ।

    महाकाली बहुउद्देश्यीय प्रालिका अध्यक्ष डम्बर पन्त नेतृत्वको टोली शुक्रबार सीमावर्ती बजार बनबसा पुगेकोमा भारतीय व्यवसायीहरुले नेपाली प्रशासनले ट्याक्सी प्रवेशमा रोक लगाएमा आफूहरुले पनि नेपाली बसमा अवरोध गर्ने जनाएका छन ।

    व्यवसायीहरुको अनुरोधमा मनपरी ढंगले सञ्चालन भइरहेका ट्याक्सीलाई रोक्ने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए ।  

     


    प्रतिक्रिया दिनुहोस
    images