बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

कर्जा असुली गर्न गएका बैंकका कर्मचारीलाई कोठा थुनेर कुटपिट


पश्चिम प्रेस
शुक्रबार, चैत ३ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कर्जा असुली गर्न गएका बैंकका कर्मचारीलाई कोठा थुनेर कुटपिट
    images
    images

    म्याग्दी । म्याग्दीमा एक बैंक कर्मचारीमाथि आक्रमण भएको छ । कर्जा असुली गर्न ऋणीको घर गएका एनआईसी एसिया बैंकका कर्मचारीमाथि बिहीबार आक्रमण भएको हो ।

    बैंकका शाखा कार्यालयका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि आक्रमण भएको हो । आक्रमणमा परेर आलेकोे टाउकोमा चोट लागेको छ भने सापकोटा घाइते भएका छन । पर्वत जिल्लाको जलजला गाउँपालिका वारि बेनी कर्मचारीले पत्र र लगानीको लागि कुरा गरेपछि कोठा थुनेर नियोजित रूपमा कुटपिट भएको पीडित सापकोटाले बताए ।

    बैंक तथा वित्तीय संस्थाका कार्यालयमा लुटपाट गर्ने, र कर्मचारीलाई दुव्र्यवहार गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता गतिविधि बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न सीबीफिनले विज्ञप्तीमार्फत माग गरेको छ ।

     


  • सम्बन्धित विषय:

  • # कुटपिट
  • प्रतिक्रिया दिनुहोस
    images