सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

सेनाको बाहिनीपति ट्रफीको उपाधी बीरभद्रजंग गुल्मलाई


पश्चिम प्रेस
शुक्रबार, चैत ३ २०७९
  • 265
    Shares

  • images
    images
    सेनाको बाहिनीपति ट्रफीको उपाधी बीरभद्रजंग गुल्मलाई
    images
    images
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा शक्रबार सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधी बीरभद्रजंग गुल्म बझाङ्गले जितेको छ ।  श्री नं। २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै बीरभद्र जंग गुल्मले उपाधी जितेको हो ।
    प्रतियोगितामो उपाधी बिजेता गुल्मलाई श्री नं। २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गर्नुभयो । साथै प्रतियोगितामा उपाधी बिजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
    लिंग चरणको भलिबल प्रतियोगितामा बाहिनी अन्र्तगत कार्यरत चार गुल्म प्रतिस्प्रर्धामा उत्रिएका थिए । सेनाले बाहिनी स्तरबाट खेलाडी छनौट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ । समापन समारोहमा बाहिनीपति सहायक रथी ढकाल संगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठ लगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

    3.jfif


  • सम्बन्धित विषय:

  • # बाहिनीपति ट्रफी
  • प्रतिक्रिया दिनुहोस