बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

देशका पहाडी भू–भागमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना


पश्चिम प्रेस
शनिबार, चैत ४ २०७९
  • 133
    Shares

  • images
    images
    देशका पहाडी भू–भागमा हावाहुरीसहित मध्यम वर्षाको सम्भावना
    images
    images

    काठमाँडौ । देशका विभिन्न क्षेत्रमापश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    देशको पहाडी भू–भागका केही स्थान तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ÷हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहको छ ।

    शनिबार राति देशका पहाडी भू—भागका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # वर्षा
  • प्रतिक्रिया दिनुहोस
    images