महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा डेढ करोडको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको छ ।
क्याप्टेन वेद उप्रेतीले पर्यटन विकास र हवाई क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको आकर्षणको लागि एयरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याएको हुन । उनले म्युजियमले यसक्षेत्रको पर्यटन विकासमा लागि महत्वपूर्ण योगदान गर्ने बताए । “यहाँको नयाँ पर्यटकिय गन्तव्यका रुपमा म्युजियम रहने छ ।” उनले भने–“म्युजियममा सुदूरपश्चिमका प्रमुख पर्यटकिय स्थलहरुको फोटो हुनेछ ।” कस्मिक एयरको फोकर १०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट बनाइएको छ । उनले यसमा एकै पटक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट र उडानका विषयमा पनि जानकारी लिन बताए । क्याप्टेन उप्रेती महेन्द्रनगरमा एयरक्राफ्ट म्युजियमसँगै हेलिकप्टर, सिद्धबाबाको मुर्ति र स्विमिङ पुलसहितको छुट्टै आर्कषण गन्तव्य निमार्ण गरेको छ ।
म्युजियममा प्रवेशका लागि रु एक सय शुल्क र विद्यार्थीका लागि रु ५० रुपैया तोकिएको छ ।