बुधबार, चैत १५ गते २०७९ || Mar 29, 2023

बेपत्ता भाइसित ४० वर्षपछि सम्पर्क हुँदा...


पश्चिम प्रेस
शनिबार, चैत ४ २०७९
  • 26.2K
    Shares

  • images
    images
    बेपत्ता भाइसित ४० वर्षपछि  सम्पर्क हुँदा...
    images
    images

    महेन्द्रनगर । परिवारबाट सम्पर्कविहीन भएको चार दशकपछि कुनै व्यक्ति सम्पर्कमा आयो भन्दा पत्यार नलाग्न सक्छ, तर यो यथार्थमा साबित भइदिँदा कञ्चनपुरको महेन्द्रनगरका रामदत्त कलौनीको घरमा खुसीको सीमा छैन ।
     पूख्र्यौली घर बैतडीको दोगडा केदार गाउँपालिकाको रिम भएका परमानन्द कलौनी बेपत्ता भएको चार दशकपछि दाजु रामदत्त कलौनीको सम्पर्कमा आएका छन । विसं २०३८ पछि परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन् । 
     “घरबाट २०३८ सालमा निस्कदा त्यो बेला डडेल्धुरामा सडक बनाउने काममा मजदुरी गथ्र्यो भन्ने सुनिएको थियो”, चार दाजुभाइमध्येका जेठा रामदत्तले भने, “माइलो परमानन्द जोगबुढा हुँदै डोटीका स्थानीय युवासित भारत पसेको कुराकानीका क्रममा खुल्यो ।”
     बैतडीबाट २०५० सालको सेरोफेरोमा महेन्द्रनगर बसाइँ सरेका रामदत्तले भाइ भेटिनेमा आशा नै मारिसकेका थिए । तर बिहीबार साँझ आलितालका मडैमार्फत बैंग्लोरमै घरजम गरेर बसेका भाइसित टेलिफोन सम्पर्क भएको बताए ।
     “आलितालका कांग्रेस नेता जनक कलौनी र हरि मडै साथी रहछेन”, उनले भने “मडैजीलाई बैंग्लोरमा डेढ दशकअघि देखि मेरै भाइले जागिर लगाएको रहेछ ।” बैंग्लोरमा कार्र्यरत सेक्युरिटी कम्पनीमा परमानन्द ‘प्रेम शर्मा’ का नामले परिचित रहेछन् । “परमानन्द र हरिबीच पुख्र्यौली घरका बारेमा कुराकानीका क्रममा मेरो भाइको पत्ता लाग्यो”, खुसीले गद्गद् भएका रामदत्तले भने “यसबीचमा भारतका धेरै ठाउँ तथा काठमाडाँैसम्म खोजे, पत्ता लागेन ।”

     भाइसित बिहीबार र शुक्रबार बिहान टेलिफोन कुराकानीपछि बैंग्लोरबाट फोटो समेत पठाइदिएको उनले बताए । “बैंग्लोरमा नयाँ घर बनाइरहेकाले घरको काम सकिएपछि महेन्द्रनगर आउने र पहाड जाने दाजु÷भाइको सल्लाह भयो ।” रामदत्तले भने, “बुबा÷आमाको हालखबर सोध्थ्यो, मैले निधन भइसकेको सुनाएँ ।”

     मडैसित बैतडीको रिम घर भन्ने परिचय दिएपछि परमानन्दको घरपरिवारसित सम्पर्क हुन पुगेको हो । “भाइको घरजम भएर छोरीबाट नातिनी पनि भइसकेछ”, रामदत्तले भने, “ज्योतिषकहाँ हेराउन जाँदा पनि जिउँदै छ भन्थे ।”


    प्रतिक्रिया दिनुहोस
    images