महेन्द्रनगर । फागुन २८ देखि महेन्द्रनगरमा सुरु भएको यू—१६ पुरुष जिल्ला स्तरिय क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नागार्जुन बोर्डिङ स्कुल विजयि भएको छ ।
शनिवार ब्रह्मदेव एकेडेमी र नागार्जुन बोर्डिङ स्कुल बिच भएको फाइनल खेलमा नागार्जुन बोर्डिङ स्कुल १५ रनले जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नागार्जुनले निर्धारित २५ ओभरमा ९ विकेट गुमाउदै १५६ रन बनायो । ब्याटिङ तर्फ नवीन रावलले २८ बलमा सर्वाधिक ३३ रन बनाए । त्यसै गरी आयुष चन्दले ३८ बलमा ३० र दिपक बिष्टले २४ बलमा १५ रन बनाए । टस हारेर बलिङ गरेको ब्रह्मदेवका कृष्णा बिष्टले ५ ओभरमा ३१ रन दिदै ३ विकेट लिए र प्रकाश पाण्डे ५ ओभरमा २५ रन दिदै २ विकेट लिए ।
नागार्जुनले दिएको १५७ रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको ब्रह्मदेवले राम्रो प्रदर्शन गर्न सकेन । ब्याटिङ तर्फ ब्रह्मदेवका प्रेम ठकुराठीले ९ बलमा सर्वाधिक १८ र कृष्णा बिष्टले ३३ बलमा १७ रन बनाउदै १३.३ ओभरमा ७७ रन बनाउदै अलआउट भए । बलिङतर्फ नागार्जुनका शुभम, दिपक र बिकासले २—२ विकेट लिए ।
खेलमा नागार्जुन बोर्डिङ स्कुलका दिपक बिष्ट म्यान अफ द म्याच घोषित भए । खेल सकिएसँगै प्रकाश पाण्डे बेस्ट ब्याट्सम्यान, सन्तोष सिहं बिष्ट बेस्ट बलर, रोयल बम म्यान अफ द सिरिज र अकिंत चन्द इमर्जिङ प्लेयर घोषित भए ।