बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

चैतेदशैँमा बैतडीका शक्तिपीठमा दर्शनार्थी घुइँचो


पश्चिम प्रेस
बुधबार, चैत १५ २०७९
  • 390
    Shares

  • images
    images
    चैतेदशैँमा बैतडीका शक्तिपीठमा दर्शनार्थी घुइँचो
    images
    images

    बैतडी । चैतेदशैँको  अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।  

    यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ ।  यस्तै डिलाशैनी, कफलाशैनी  सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा लाग्ने गर्दछ । नवरात्र सुरु भएदेखिनै यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी पुग्ने गरेका थिए । चैतेदशैँका दिन आज बलिसहित जात्रा हुने भएकाले बिहानैदेखि भक्तजनको भिड रहेको निङग्लाशैनी मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए । बसाइँसराइ गरेर गएका पनि चैतेदशैँमा पूजापाठका लागि पुख्र्यौली थलोमा फर्कने गरेकाले परिवारका सदस्यहरुबीच भेटघाट पनि हुने गर्दछ ।

    नवरात्रमा बसाइँ सरेर तराई गएकासमेत पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताए । यसका साथै चैतेदशैँमा यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् ।

     यसैबीच नवरात्रको अवसर पारेर यसअघि यहाँको प्रसिद्ध निङ्गालाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको थियो । हिङलो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्लाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको हो । 

     निङ्लाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङलो निर्माण गरिएको हो । पिङ अर्थात ‘हिङलो’मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ ।


  • सम्बन्धित विषय:

  • # चैतेदशैँ
  • प्रतिक्रिया दिनुहोस
    images