महेन्द्रनगर । कञ्चनपुर प्रहरीले बस सहित भन्सार छली ल्याएको अवैध चिनि बरामद गरेको छ । शुक्रबार महेन्द्रनगर स्थित शुक्लाफाँटा नगरपालिका –११ पूर्वपश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा ना.४ ख ४०२७ नम्बरको बस सहित १० क्विन्टल चिनि बरामद गरेको हो । बरामद गरिएको चिनि बस सहित आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीस्ले जनाएको छ ।