बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

डडेल्धुरामा मेडिकल कलेज बनाउने निर्णय भयो,बजेट आएन


सोमबार, चैत २७ २०७९
  • 409
    Shares

  • images
    images
    डडेल्धुरामा मेडिकल कलेज बनाउने निर्णय भयो,बजेट आएन
    images
    images

    महेन्द्रनगर । गत माघमा सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रुपमा विस्तार निर्णय गर्यो ।
      मन्त्रिपरिषदको माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहने गरी मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो । 
     सरकारले निर्णय गरेपनि हालसम्म मेडिकल कलेजको काम अगाढी बढ्न सकेको छैन । मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालय बीच त्रीपक्षीय सम्झौता भएपनि बजेट निकासा नहुँदा मेडिकल कलेजको कार्य अगाडी बढ्न सकेको छैन । सदुरुपश्चिम विश्वविद्यालयका उप–कुलपति अम्मराज जोशीले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित रु ४० करोड रुपयाँ हालसम्म निकासा नभएको बताए । उनले आईतबार दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री एंव विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल संग उक्त विनियोजित रकम निकाशाका लागि अनुरोध गरे ।
     “यस क्षेत्रका विद्यार्थीहरुलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ ।” उपकुलपति जोशीले भने–“मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा नभैसकेकोले सम्माननीय प्रधानमन्त्रीज्यूमा त्यसतर्फ निर्देशनका लागि अनुरोध गर्दछु ।”
     दीक्षान्त समारोहमा सहभागी पधानमन्त्री पुष्पकमल दाहालले डडेल्धुरामा बन्ने मेडिकल कलेजकासञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे । 


  • सम्बन्धित विषय:

  • # डडेल्धुरामा मेडिकल कलेज


  • प्रतिक्रिया दिनुहोस
    images