बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

५ करोड ४३ लाख भ्रष्टाचार आरोपमा अख्तियारद्वारा भीमदत्तका प्रशासकीय अधिकृत भट्ट सहित नौ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर


पश्चिम प्रेस
बुधबार, चैत २९ २०७९
  • 1.1K
    Shares

  • images
    images
    ५ करोड ४३ लाख भ्रष्टाचार आरोपमा अख्तियारद्वारा भीमदत्तका प्रशासकीय अधिकृत भट्ट सहित नौ जना विरुद्ध  विशेष अदालतमा मुद्दा दायर
    images
    images

    महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट सहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, मगट्टी, फारवुा, ग्राबेर) को बोलपत्र आह्वान गर्दा आर्थिक लाभ हुने गरी राज्यलाई हानी नोक्सानी पुर्याएको भन्दै ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल ) को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ हुने गरी बदनियतपूर्ण ढंगले आर्थिक लाभ गराई राज्यलाई हानिनोक्सानी पु–याएको पुष्टि भएकाले मुद्दा दायर गरेको हो ।रोयल्टी शुल्क उठाउने ठेक्का नं. ७/आ.आ– ३३३६६/२०७८/०७९ को ठेक्कामा भीमदत्त नगरपालिका कन्चनपुरले भवानी कन्स्ट्रक्सन प्रा.लि.. कन्चनपुरसँग ठेक्का सम्झौता गर्दा पाँच करोड त्रिचालीस लाख एकतीस हजार आठसय सत्ताइस रुपैयाँ छयहत्तर पैसा बराबरको राजस्व रकम हानिनोक्सानी गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।

     भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायले आर्थिक बर्ष २०७८ / ०७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का सम्बन्धमा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७८ को दफा ८ मा प्राकृतिक स्रोत कर अन्तर्गतको माटो, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडाको संकलन गर्दा अनुसूची ६ बमोजिमको न्यूनतम दरलाई नजरअन्दाज गरी पुष्कर प्रसाद भट्ट संयोजक र गोविन्द राज उपाध्याय सदस्यसमेत भएको बोलपत्रको मूल्याङ्कन समितिले निर्णय गरी ठेक्का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेक्का भवानी कन्स्ट्रक्शन प्रा.लि. लाई प्रत्यक्ष लाभ पाउने गरी सम्झौता गरी मु.अ. करसमेत रु. १ करोड ९५ लाख ७२हजार बराबरको नगरपालिकाको राजस्व चुहावट गरेको गरेकाले  पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकोले भीमदत्त नगरपालिकाको तर्फबाट सम्झौता गर्ने निज पुष्कर प्रसाद भट्ट र सम्झौतापत्रको साक्षीमा रही हस्ताक्षर गर्ने गोविन्द राज उपाध्यायलाई एक करोड पन्चान्नब्बे लाख बहत्तर हजार एक सय सात बिगो माग गरेको छ ।

     त्यसैगरी उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुन समेतको सजाय समेत माग गरेको छ ।
    त्यसैगरी भवानी कन्स्ट्रकशन प्रा.लि.सँग भीमदत्त नगरपालिकाको सम्झौता हुँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क” बर्गको बाणिज्य बैंकबाट जारी भएको बैंक जमानत नलिई भीमदत्त नगरपालिकाकोकरोड सत्चालिस लाख उनन्साठी हजार सात सय उन्नाईस रुपैयाँ पैसा सन्तानब्बे । सरकारी रकम हानिनोक्सानी गरेकाले पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको पुष्टि भएकोले पुष्कर प्रसाद भट्ट र गोविन्द राज उपाध्यायलाई रु. तीन करोड सत्चालीस लाख उनन्साठी हजार सात सय उन्नाईस रुपैयाँ पैसा सन्तानब्वे बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्दिष्ट गरेबमोजिम निजहरुलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय र ऐ. दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगोसमेत ऐ. दफा १७ बमोजिम असुल उपर हुन मागदावी गरेको अख्तियारले जनाएको छ ।

    त्यसैगरी  भीमदत्त नगरपालिका कन्चनपुरका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल (सहायक पाँचौ ) दिपेन्द्र चौधरीले आर्थिक बर्ष २०७८/७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्का नं. ७/आ.आ/३३३६६/२०७८ / ०७९ को ठेक्का सम्बन्धमा हिमालय सिंह ऐरको संयोजकत्वमा सुवास अधिकारी, विष्णु देव भट्ट, दिपेन्द्र चौधरी सदस्यसमेत भएको खरिद ईकाई बैठकले महाकाली नदीको प्राकृतिक स्रोत नदीजन्य पदार्थको रोयल्टी उठाउने गरी बोलपत्र पुस्तिका तयार गरी स्वीकृतिको लागि पेश गरी सोही बोलपत्रको आधारमा ठेक्का सम्झौता हुँदा प्रदेशभर लागू भएको सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७८ को दफा ८ मा प्राकृतिक स्रोत कर अन्तर्गतको माटो, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल र रोडाको संकलन गर्दा अनुसूची –६ बमोजिमको प्राकृतिक स्रोतको करको कायम दररेट अनुसार बोलपत्र पुस्तिका तयार नगर्दा रु.१ करोड ९५ लाख ७२ हजार बराबरको राजस्व चुहावट गरी सरकारी रकमको हानिनोक्सानी गरेकाले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै हिमालय सिंह ऐर, सुबास अधिकारी, बिष्णु देव भट्ट र दिपेन्द्र चौधरीलाई एक करोड पन्चान्नब्बे लाख बहत्तर हजार एक सय सात रुपैयाँ उनान्असी पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्दिष्ट गरेबमोजिम निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोव्वर जरिवाना समेतको सजाय माग गरेको छ ।

    उनीहरुले बोलपत्रसहितको प्रतिवेदन तयार गर्नुपर्नेमा सो नगरी बदनियतपूर्वक भए गरेका कुरा लुकाईछिपाई खरिद प्रतिवेदन तयार गरी स्वीकृतिको लागि पेश गर्ने खरिद ईकाइका संयोजक तथा सदस्यहरु इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुबास अधिकारी, नायव सुब्वा बिष्णु देव भट्ट, लेखापाल (सहायक पाँचौ ) दिपेन्द्र चौधरीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएकोले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको सजायको मागदावी गरेको छ ।

    त्यसैगरी श्री भवानी कन्स्ट्रक्शन प्रा. लि. का संचालकहरु ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट भवानी कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमति खगेश्वरी भट्ट र श्री भवानी कन्स्ट्रक्शन प्रा. लि. कन्चनपुरको हकमा आर्थिक वर्ष २०७८/७९ को भीमदत्त नगरपालिका अन्तर्गत महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्का नं. ७/आ.आ/३३३६६/२०७८/०७९ को ठेका सम्बन्धमा भीमदत्त नगरपालिकासँग सम्झौतामा फरकफरक दररेट उल्लेख गरी आफूलाई आर्थिक लाभ हुने गरी सम्झौता गर्दा राजस्व चुहावट चापत मु.अ. कर समेत रु.१ करोड ९५ लाख ७२ हजार हानिनोक्सानी भएको र भिमदत्त नगरपालिकासँग बैन जमानत राखी सम्झौता गर्नुपर्नेमा सो नगरी सम्झौता गर्दा मु.अ. करसहित रु.३ कारोड ४७ लाख ५९ हजार नगरपालिकालाई प्रत्यक्ष हानिनोक्सानी पु–याई प्रतिवादी भवानी कन्स्ट्रक्शन प्रा.लि. तथा संचालक केशवराज भट्ट र सोही प्रा.लि.का आधिकारिक प्रतिनिधि दिवाकर भट्टले राजस्व र जमानतसमेत गरी रु.५ करोड ४३ लाख ३१ हजार गैरकानूनी लाभ लिई भीमदत्त नगरपालिकालाई हानी पुरÞ्याएको हुँदा ईश्वरी प्रसाद भट्ट, दिवाकर भट्ट र भवानी कन्स्ट्रक्शन प्रा. लि. लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा रु.५,४३,३१,८२७१७६ ( पाँच करोड त्रिचालीस लाख एकतीस हजार आठसय सत्ताईस रुपैयाँ पैसा छयाहत्तर) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको सजाय तथा बिगो जफत समेतको सजाय हुन एवं प्रतिवादी ईश्वरी प्रसाद भट्टको मृत्यु भएको हुँदा अपराधीसँगै अपराध फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवम् मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ को उपदफा (२) र १५८ को उपदफा (२) सहितको कानूनी व्यवस्थाबमोजिम निजलाई कैद र सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ उपदफा (२) र दफा १५८ उपदफा (२) बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले ईश्वरी प्रसाद भट्टको मृत्यु भईसकेको अवस्था भएकोले निजको हकमा प्रचलित कानुनबमोजिम निजको हक खाने अंशियार उनको श्रीमती खगेश्वरी भट्टबाट बिगो रु. ५ करोड ४३ लाख ३१ हजार असुलउपरको मागदाबी गरेको छ ।

    यस्तो छ अख्तियारको आरोपपत्र 

    0lW9xG_page-0001.jpg
    0lW9xG_page-0002.jpg
    0lW9xG_page-0003.jpg


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस
    images