महेन्द्रनगर । योजना तर्जुमा दिग्दर्शन २०७८ मा गरिएको नीतीगत व्यवस्था अनुसार योजना तर्जुमाका सात वटा चरण छन । जसमध्ये दोस्रो चरणको क्रियाकलापहरु मध्ये बैशाख ७ गते पालिका प्रमुखले सभामा नीती तथा कार्यक्रम प्रस्तुत गरी बैशाख १५ गतेभित्र सिलङ वडामा पठाइ सक्नुपर्ने प्रावधान छ ।
तर यसबारे कञ्चनपुरको बेदकोट र शुक्लाफाँटा बाहेकका अन्य स्थानीय सरकार बेखबर छन । यी दुई पालिका बाहेर अन्य पालिकाले नीती तथा कार्यक्रम ल्याउन सकेका छैनन । नत नीती तथा कार्यक्रम बारे स्थानीय सरकारका प्रमुखहरु जानकार नै छन । पालिका प्रमुख र प्रशासकीय अधिकृतहरुले बैशाख ७ मा नीती तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधाबारे नै अनविज्ञ जनाएका छन । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका नीती तथा कार्यक्रमबारे जानकार छैन । दोधारा चाँदनीका नगर प्रमुख किशोर लिम्बुले बैशाख ७ मै नीती तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान प्रति अनविज्ञता जनाए । बैशाख ७ मा पालिका प्रमुखले नीती तथा कार्यक्रम सभामा प्रस्तुत गनुपर्ने व्यवस्था बारे उनी जानकार नै छैनन ।

त्यसैगरी भीमदत्त नगरपालिका पनि नीती तथा कार्यक्रमबारे बेखर छ । बैशाख ७ गते पािलका प्रमुखले सभामा नीती तथा कार्यक्रम पेश गर्नुपर्ने भएपनि नगरपालिकाले नीती तथा कार्यक्रम बनाउन सकेको छैन । नगरपालिकाका नगर प्रमुख पदम बोगटी नीती तथा कार्यक्रम बैशाख ७ मै ल्याउनुपर्ने व्यवस्थाप्रति नै अनविज्ञ छन । “असारमा नीती तथा कार्यक्रम आउँछ अहिले केहि छैन त्यस्तो ।” मेयर बोगटीले भने–“नगरसभाले पछि सार्न सक्छ ।” सुरुवातमा नीती तथा कार्यक्रमबारे अनविज्ञता जनाएका उनले नगरपालिकामा अख्तियारको मुद्धाका कारण जनशक्ति अभाव रहेको सुनाए ।
त्यसैगरी बेलौरीका नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले यसबारे प्रमुख प्रशासकिय अधिकृत लाई थाहा नभएको बताए । नीती तथा कार्यक्रमबारे जानकारी नभएका उनले प्रशासकीय अधिकृतलाई दोष दिदै पन्छिन खोजे । त्यसैगरी नीती तथा कार्यक्रम बारे पूर्नबास नगरपालिका पनि बेखरब छ । नीती तथा कार्यक्रम सभामा पेश गर्नुपर्ने दिनसम्म नगरपालिका नेतृत्व यसबारे जानकार छैन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरले नीती तथा कार्यक्रमका लागि संघबाट सिलिङ नआएको बताए ।
नीती तथा कार्यक्रमबारे लालझाडी गाउँपालिका र बेल्डाडी गाउँपालिका पनि बेखबर छन । सभामा नीती तथा कार्यक्रम पेश गर्नुपर्नेबेला सम्म यसबारे जानकारी नभएको पालिकाहरुले जनाएका छन । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले नीती तथा कार्यक्रमबारे आफुलाई कुनै जानकारी नभएको बताए । जबकी बैशाख ७ मा गाउँपालिका अध्यक्ष वा नगरप्रमुखले सभामा नीती तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हो ।
योजना तर्जुमा दिग्दर्शन २०७८ अनुसार विषयगत शाखाहरुले विषय क्षेत्रसँग सम्बन्धित सूचना सङ्कलन र विश्लेषण गरी मंसिर मसान्त भित्र स्थितिपत्र अद्यावधिक गरिसक्नुपर्ने व्यवस्था छ । त्यसैगरी पुस १५ गतेभित्र विषयगत शाखा र प्रमुख प्रशासकीय अधिकृतले आगामी तीन आ.व.मा हुने खर्चको प्रक्षेपण सहितको मध्यमकालीन खर्च संरचना समेत कार्यक्षेत्र भित्रका विषयहरूमा हुने सार्वजनिक खर्चको विवरण तयार गर्ने र पुस मसान्तभित्र आगामी आ.व. को राजस्व ( आन्तरिक स्रोत, राजस्व बाँडफाँट, रोयल्टी, अनुदान र ऋण) को प्रक्षेपण र अनुमान तयार गरिसक्नुपर्ने व्यवस्था छ ।
त्यसैगरी पुस मसान्तभित्रै आय व्ययको प्रक्षेपण गरिएको तथ्याङ विवरण संघ र प्रदेश अर्थ मन्त्रालयमा पेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । माघ मसान्त भित्र कार्यपालिकाले विषयगत क्षेत्र विभाजन गर्ने र सदस्यलाई जिम्मेवारी दिने तय छ ।
त्यसैगरी फागुन मसान्तभि संघ र चैत मसान्त भित्र प्रमुख प्रशासकीय अधिकृतले संघ र प्रदेशबाट अनुदान र राजस्व बाँडफाँट र रोयल्टीको सीमा र मार्गदर्शन प्राप्त गर्ने तय गरिएको छ । चैत मसान्त भित्रै पालिका प्रमुखले गैसस, उपभोक्ता समिति, सहकारी संस्था आदिसँग योजना तथा बजेट सम्बन्धमा पूर्व बजेट छलफल गरिसक्नुपर्ने व्यवस्था छ । बैशाख ७ गते नीति तथा कार्यक्रम तयार गरी अध्यक्ष ÷ प्रमुखद्वारा सभामा पेश गर्ने व्यवस्था छ ।
बैशाख ७ गतेभित्रै बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारणका आधार तथा विधि तयार गर्ने र बैशाख १० गतेभित्र कुल बजेट अनुमान, सीमा निर्धारण र बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गर्ने व्यवस्था छ ।
त्यसैगरी बैशाख १५ गतेभित्र विषयगत महाशाखा ÷ शाखा तथा वडा कार्यालयलाई बजेट सीमा तथा मार्गदर्शन उपलब्ध गराउने व्यवस्था भएपनि कञ्चनपुरका पालिका यसबारे अनविज्ञ छन ।

बेदकोट र शुक्लाफाँटाले ल्याए नीती कार्यक्रम
बेदकोट नगरपालिकाले समयमै नीती तथा कार्यक्रम सभामा पशे गरेको छ । नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले आज नगरसभामा नीती तथा कार्यक्रम पेश हुन लागेको जानकारी दिए । त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले पनि नीती तथा कार्यक्रम तयार पारेको छ । नगरपालिकाका नगर प्रमुख रण वहादुर महराले नीती तथा कार्यक्रममा छदफल भइरहेको बताए । उनले यसमा थप छलफल गर्नुपर्ने भएकाले बैशाख १२ गतेको नगरसभामा पशे गर्ने बताए । कञ्चनपुरमा निधार्नरित मितिमा नीती तथा कार्यक्रम बेदकोट नगरपालिकाले मात्रै नगरसभामा पेश गरेको छ ।