बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

डाेटीमा स्याउला ल्याउन गएकी महिलाकाे भीरबाट लडेर मृत्यु


पश्चिम प्रेस
बुधबार, वैशाख १३ २०८०
  • 6.1K
    Shares

  • images
    images
    डाेटीमा  स्याउला ल्याउन गएकी महिलाकाे भीरबाट लडेर मृत्यु
    images
    images

    डोटी । डोटीको जोरायल गाउँपालिका–१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल छन् । 

    बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन जानु भएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा उनि घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय विपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिए । मृतक महिला गर्भवती रहेको बताइएको छ ।


  • सम्बन्धित विषय:

  • # भीरबाट लडेर ज्यान
  • प्रतिक्रिया दिनुहोस
    images