बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

बैतडीमा भतिजीमाथि बलात्कार गर्ने काका कारागार चलान  


पश्चिम प्रेस
मंगलबार, वैशाख २६ २०८०
  • 8.1K
    Shares

  • images
    images
    बैतडीमा भतिजीमाथि बलात्कार गर्ने काका कारागार चलान  
    images
    images

    बैतडी । बैतडीमा भतिजीमाथि बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई कारागार चलान गरिएको छ । आफनै भतिजी नाता पर्ने १५ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ बर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

    जिल्ला अदालतको बैतडीको आदेशमा बैशाख २१ गते बिहीवार ती युवकलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका  प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए । गएको पुस १५ मा घटना भएका पनि उनलाई चैत ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

    पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर अदालतमा पेश गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # कारागार चलान
  • प्रतिक्रिया दिनुहोस
    images