बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

सूर्यकुमारको विष्फोटक शतकमा गुजरातमाथि मुम्बईको जित


पश्चिम प्रेस
शनिबार, वैशाख ३० २०८०
  • 122
    Shares

  • images
    images
    सूर्यकुमारको विष्फोटक शतकमा गुजरातमाथि मुम्बईको जित
    images
    images

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई २७ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।

    शुक्रबार राति भएको खेलमा मुम्बईको जितमा सूर्यकुमार यादवले विष्फोटक शतक प्रहारले खेललाई मुम्बईतर्फ पल्टायो । सुरुमा खासै राम्रो प्रदर्शन गर्न पनि सुर्यकुमारले ४९ बलमा १०३ रन बनाउँदा खेलकोे लयने बदलिएको थियो ।  

    टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ १८ रनको उच्च स्कोर बनाउँदा उसका लागि सूर्यकुमार यादवले ४९ बलमा १०३ रन बनाएका थिए । त्यस्तै, रोहित शर्माले २९ रन बनाउँदा इशान किशनले ३१ रन र विष्णु विनोदले ३० रन बनाए । यादवले आफ्नो इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो शतक पूरा गरेका थिए। उनले ४९ बलमा ११ चौका र ६ छक्का प्रहार गरे।

    २१९ रनको लक्ष्य पछ्याएको शीर्ष स्थानको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो। उसका लागि रासिद खानको विष्फोटक इनिङ खेल्दै गुजरातलाई खेलमा फर्काउने प्रयास गरे पनि खानको आगमन ढिला हुँदा सम्भावित जितबाट गुजरात चुकेको थियो । रासिदले ३२ बलमा ७९ रनको विष्फोटक अविजित इनिङ खेले। उनले ३ चौका र १० छक्का प्रहार गरेका थिए। उनी बाहेक डेभिड मिलरले ४१ रन बनाउँदा विजय शंकरले २९ रनको इनिङ खेलेका थिए । त्यस्तै, राहुल टेवाटियाले १४ रन बनाए।

    जितपछि मुम्बई १२ खेलबाट १४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको गुजरातको समान खेलबाट १६ अंक रहेको छ।


  • सम्बन्धित विषय:

  • # आईपीएल
  • प्रतिक्रिया दिनुहोस
    images