बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

बैतडीको पाटनमा मेयर तथा उपमेयर कप क्रिकेट हुने


पश्चिम प्रेस
सोमबार, जेठ १ २०८०
  • 166
    Shares

  • images
    images
    बैतडीको पाटनमा मेयर तथा उपमेयर कप क्रिकेट हुने
    images
    images

    बैतडी । बैतडीको पाटन नगरपालिकामा मेयर तथा उपमेयर कप टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगितामा नगरपालिकाभित्र रहेका क्लब तथा समूहको सहभागिता रहनेछ ।

    प्रतियोगितामा सहभागी हुन चाहने क्लबहरुलाई यहि जेठ ३ गतेभित्र सम्बन्धित वडाको सिफारिशमा टिम दर्ता गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ । पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिताको मिति अझै टुंगो लाग्न भने बाँकी रहेको छ । नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन गइरहेको प्रतियोगिताको पुरस्कार राशीको पनि टुंगो लाग्न बाँकी छ ।

    प्रतियोगिताका खेलहरु पाटन—६ स्थित कृष्ण माविको खेलमैदानमा हुने पाटन क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले जानकारी दिए । नगरपालिकाले यसअघि पनि मेयर कप क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।


  • सम्बन्धित विषय:

  • # मेयर तथा उपमेयर कप क्रिकेट
  • प्रतिक्रिया दिनुहोस
    images