बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

डिफेन्डिङ च्याम्पियन गुजरात प्लेअफमा, हैदराबाद बाहिरियो


पश्चिम प्रेस
मंगलबार, जेठ २ २०८०
  • 146
    Shares

  • images
    images
    डिफेन्डिङ च्याम्पियन गुजरात प्लेअफमा, हैदराबाद बाहिरियो
    images
    images

    एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत सोमवार भएको खेलमा शुभमन गिलको शानदार शतकपछि बलरहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ । यो सँगै डिफेन्डिङ च्याम्पियन गुजरात प्लेअफका लागि छनोट हुने पहिलो टोली बनेको छ ।

    सिजनमा गुजरातको यो नवौँ जित हो । उसले १८ अंकका साथ प्लेअफमा आफूलाई सुरक्षित पारेको छ । हैदरावादले भने आठौँ हार व्यहोरेको छ । उसको खातामा अहिलेसम्म आठ अंक मात्र छ र यो टोली प्लेअफको दौडबाट बाहिर गइसकेको छ । 

    अहमदाबाद मैदानमा गुजरातले जितका लागि दिएको १ सय ८९ रनको लक्ष्यको जवाफमा हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्रै बनाउन सक्यो । हैदराबादका लागि हेनरिच क्लेसनले ४४ बलमा ६४ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

    गुजरातका  मोहिल शर्मा र मोहम्मद सामीले समान चार–चार तथा यश दयालले एक विकेट लिए । गुजरातका  शुभमन गिलले ५८ बलमा १ सय १ रनको शतकीय इनिङ खेले । 

    हैदराबादका लागि भुवनेश्वर कुमारले पाँच विकेट लिए । टी नटराजन,फैजल हक फरुकी र मार्को यानसनले समान एक–एक विकेट लिए । 


  • सम्बन्धित विषय:

  • # आईपीएल
  • प्रतिक्रिया दिनुहोस
    images