बैतडी । बैतडीबाट एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका १ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी चन्द्रसिंह डोबालले बताए ।
सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएका कारण मंगलबार हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी डोबालले बताए ।
दमयन्तीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत सुविधा सम्पन्न अस्पातलमा लगिएको उनले बताए ।