बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

कञ्चनपुरमा हावाहुरीले घरमाथि रूख ढल्दा दुई जना घाइते


पश्चिम प्रेस
बुधबार, जेठ १० २०८०
  • 496
    Shares

  • images
    images
    कञ्चनपुरमा हावाहुरीले घरमाथि रूख ढल्दा दुई जना घाइते
    images
    images

    महेन्द्रनगर। कञ्चनपुरमा मंगलबार राति आएको हावाहुरीबाट दुई जना घाइते भएका छन्। भीमदत्त नगरपालिका–१८ सालघारीका दुई जना घाइते भएका हुन्।

    सालको रुख टिनले छाएको घरमा पर्दा सालघारीका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले बताए। घाइते गणेश चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार  भइरहेको र हेलो चौधरीको महेन्द्रनगरस्थित महाकाली अस्तालमा उपचार भइरहेको उनले बताए । 

    हावाहुरीको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको डीएसपी प्रकाश डाँगीले जानकारी दिए। धेरै ठाउँमा भौतिक संरचनामा क्षति पुर्‍याएको छ, यकिन विवरण आएको छैन, संकलन गर्दै छौँ’,  उनले भने, ‘घरका जस्ता उडाएको, रूख घरमा खसेका छन्, मानवीय क्षति अहिलेसम्म केही छैन।’

    हावाहुरीले मङ्गलवार राती विद्युत सेवा समेत अवरुद्ध भएको थियो । 


  • सम्बन्धित विषय:

  • # हावाहुरी
  • प्रतिक्रिया दिनुहोस
    images