बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

कस्तो छ शुक्लाफाँटामा भेटिएको नयाँ प्रजातीको चरा ? 


पश्चिम प्रेस
बुधबार, जेठ १० २०८०
  • 91
    Shares

  • images
    images
    कस्तो छ शुक्लाफाँटामा भेटिएको नयाँ प्रजातीको चरा ? 
    images
    images

    महेन्द्रनगर । नेपालका लागि नयाँ प्रजातिको चरा सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा थपिएको छ आफ्नो विविधताले प्रख्यात सुक्लाफाँटामा कहिलै नगरमा नआएको चरा फेला परेको छ ।  

     लानिडी पन्छी परिवारअन्तर्गतको नयाँ प्रजातिको भद्राई चरा थपिएको छ । यो चराको अङ्ग्रेजी नाम ‘लेसर ग्रे स्राइक’रहेको छ । निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) शुक्लाफाँटा संरक्षण कार्यक्रमले सञ्चालन गरेको नियमित वन्यजन्तु अनुसन्धानको क्रममा यही वैशाख ३० गते (मे १३, २०२३ मा) लेसर ग्रे स्राइक चरा फेला परेको हो । नयाँ प्रजातिको चरा देखिएपछि त्यो नयाँ प्रजाति हो वा होइन भनेर पुष्टि गर्नका लागी फिल्डमा खिचेको फोटोसहितको विवरण नेपालका पक्षी विज्ञविद्हरू पठाउँदा नयाँ प्रजातीको चरा पृष्टि भएको हो । 

    निकुञ्जको उत्तरी भागमा रहेको कालापानी क्षेत्रको नदीतटमा नयाँ प्रजातिको भद्राई चरा पहिलो पटक देखिएको थियो । चरा अभिलेख गरिएको क्षेत्र समुन्द्र सतहबाट २१८ मिटरको उचाइमा रहेको छ । शरीरको आकारमा रहेको भिन्नता, निधार, र तालुमा विशेष कालो चिह्नहरू, कालो पखेटामा रहेको एकमात्र सेतो चिह्न आदिका आधारमा अरू भद्राईभन्दा यो फरक रहेको निक्र्योल निकालिएको थियो ।

    लेसर ग्रे स्राइक लामो दूरीसम्म विचरण गर्ने फिरन्ते चरा रहेको एनटीएनसीले जनाएको छ । यो चरा साइबेरियादेखि मध्य एसिया हुँदै अफ्रिका महादेशसम्म विचरण गर्ने गरेको जनाइएको छ । यसअघि, सन २०२० मा भारतको पन्जाब प्रान्तको लुधियाना क्षेत्रमा यो प्रजाति अभिलेख गरिएको थियो । लामो दूरीसम्म विचरण गर्ने यो प्रजातिको चरा कहिलेकाहीँ बाटो बिर्सेर भारत वा चीनतर्फबाट यो चरा शुक्लाफाँटामा आएको हुन सक्ने पक्षीविद्हरुको भनाई छ । 

    नयाँ प्रजातिको चरा अभिलेख भएसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने चरा प्रजातिको सङ्ख्या ४६० पुगेको छ । यसैगरी, नेपालमा पाइने चरा प्रजातिहरूको समग्र सङ्ख्या ८९२ पुगेको छ । 


  • सम्बन्धित विषय:

  • # नयाँ प्रजाती
  • प्रतिक्रिया दिनुहोस
    images