बैतडी । बैतडीमा सार्वजनिक यातायातका साधनहरूको नयाँ भाडादर निर्धारण गरिएको छ । आजदेखि लागू हुने गरि जिल्लाभित्र सञ्चालनमा रहेका छोटो दूरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार सरोकारवालाको बैठकले नयाँ भाडादर निर्धारण गरिएको र तोकीएको नयाँ भाडादरभन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने जनाएको छ ।
क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने गरेको पाइएकाले त्यस्तो नगर्न पनि प्रशासनले आग्रह गरेको छ । क्षमताभन्दा बढी यात्रु बोकेको पाइए कानुनबमोजिम कारवाही गरिने समेत जनाइएको छ ।

