बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई १० लाख राहत


पश्चिम प्रेस
बिहीबार , जेठ ११ २०८०
  • 137
    Shares

  • images
    images
    कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई  १० लाख राहत
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । बाघको आक्रमणबाट ज्यान गुमाएकी बेलौरी नगरपालिका–८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई रु १० लाख राहत रकम हस्तारण गर्नुभएको छ । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख शम्भुप्रसाद तिवारीले जानकारी दिए ।
     
    गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । सँगै घाँस काट्न गएका स्थानीयले भागेर ज्यान जोगाएका थिए । बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रावधिक टोलीले अर्को दिन बाघलाई नियन्त्रणमा लिएर चिडियाखाना पठाइएको थियो । खोजी गर्ने क्रममा चन्दको शव खप्टीनाला क्षेत्रमा भेटिएको थियो ।


  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण
  • प्रतिक्रिया दिनुहोस
    images