महेन्द्रनगर । सुनको भाउ १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला १३५७.५० रुपैयाँ तोकिएको छ ।
बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो ।