बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ


पश्चिम प्रेस
शुक्रबार, जेठ १२ २०८०
  • 668
    Shares

  • images
    images
    नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ
    images
    images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ परेकी हुन् । पक्राउ परेकी मर्हजनलाई प्रहरीले शुक्रबार नै अदालतमा उपस्थित गराएको छ । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरू भएको छ । बयान सुरु भएसँगै उनलाई पनि प्रहरीले अदालतमा पेश गरेको छ ।  

    उक्त प्रकरणमा पक्राउ परेकाहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर बयान लिन सुरु गरिएको हो । शुक्रबार पक्राउ परेकामध्ये केहिको बयान गराइएको छ भने अन्यको बयान आइतबारबाट निरन्तर हुने काठमाडौं अदालते जनाएको छ । 

    नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोजनपत्र दायर भएको थियो । उक्त प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण,एमालेका सचिव टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकामाथि ठगी, संगठित अपराध, लिखत कसुर, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा अभियोजन दायर गरिएको छ । उनीहरूमाथि २८ करोड ७४ लाख ७४ हजार पाँच सय रुपैयाँ बिगो माग समेत गरिएको छ । 

     


  • सम्बन्धित विषय:

  • # नक्कली भुटानी शरणार्थी
  • प्रतिक्रिया दिनुहोस
    images