काठमाडौं । राष्ट्रपति कार्यालयले कैलालीको टिकापुर घटनामा संलग्न रहेको अभियोगमा जन्मकैदका सजाय भोगिरहेका रेशम चौधरीको आममाफीको विषयमा निर्णय गर्न फाइल गृहमन्त्रालय पठाइएको छ ।
रेशमलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा आममाफी दिने तयारीका साथ गृहले राष्ट्रपति कार्यालयलाई प्रस्ताव पठाएको थियो । तर, प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तअनुसार आममाफी उपयुक्त नदेखिएपछि राष्ट्रपति कार्यालयले गृहलाई नै फाइल फिर्ता गरेको हो ।
यसैगरी, सोही घटनामा निधन भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमै कायार्थ पठाएको छ ।