कैलाली । कैलालीमा नहरमा डुबेर एक शिक्षकको ज्यान गएको छ । जिल्लाको लम्किचुहा नगरपालिका—३ बल्चौरस्थित रानी जमरा सिचाईं आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर ३४ वर्षीय शिक्षक जब्बर बडुवालको निधन भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।
घटनासम्बन्धी थप विवरण आउन बाकीँ रहेको प्रहरीले जनाएको छ ।