बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

कैलालीमा महिला हत्या प्रकरण : सासु पक्राउ, ससुरा फरार


पश्चिम प्रेस
बुधबार, जेठ २४ २०८०
  • 611
    Shares

  • images
    images
    कैलालीमा महिला हत्या प्रकरण : सासु पक्राउ, ससुरा फरार
    images
    images
    images
    images

     कैलाली ।  कैलालीमा एक महिलालाई हत्या गरेको आरोपमा उनकी सासुलाई पक्राउ गरिएको छ भने ससुरा फरार रहेका छन् । मङ्गलवार जिल्लाको गौरिगङ्गा नगरपालिका—१ स्थित केदारेश्वर सामुदायिक वनमा २८ वर्षीया कविता बुढा मृत फेला परेकी थिइन् । 

    प्रहरीका अनुसार उनको शव हिजो वनमा खाल्डोभित्र गाडिएको अवस्थामा फेला परेको थियो । बुढाका परिवारले उनी हराएको भन्दै सोमबार मात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको हत्या गरेर शव गाडिएको प्रहरीको भनाइ छ ।

    मृतक बुढाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको स्रोतले जनाएको छ । उनका दुई जना छोराछोरी रहेका र केही दिनअघि मात्रै उनको ससुरासँग झगडा भएको बताइएको छ । फरार ससुराले नै उनको हत्या गरेको प्रहरीको आशंका छ । उनी घरमा सासू ससुरा र देउरानीसँग बस्दै आएकी थिइन् । 

    images

    पक्राउ परेकी सासुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। फरार ससुराको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

     


  • सम्बन्धित विषय:

  • # हत्या प्रकरण
  • प्रतिक्रिया दिनुहोस