बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

बैतडीबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको बस दुर्घटना


पश्चिम प्रेस
सोमबार, असार २५ २०८०
  • 9.9K
    Shares

  • images
    images
    बैतडीबाट महेन्द्रनगरका लागि छुटेको  पवनदुत यातायातको  बस  दुर्घटना
    images
    images
    images
    images

    बैतडी ।  बैतडीबाट महेन्द्रनगरका लागि छुटेको  पवनदुत यातायातको  बस दुर्घटना भएको छ ।

    बैतडी पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं. ७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

    सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए । प्रहरी निरीक्षक चौधरीकै कमाण्डमा दुर्घटास्थलतर्फ प्रहरीको टोली खटिएको छ ।

    images

    दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने कुरा अझै एकीन हुन बाँकी रहेको प्रहरी निरीक्षक खत्रीले बताए । 


  • सम्बन्धित विषय:

  • # बस दुर्घटना
  • प्रतिक्रिया दिनुहोस