बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

राना समुदायमा राखियो सावनको डोला


पश्चिम प्रेस
मंगलबार, साउन २ २०८०
  • 472
    Shares

  • images
    images
    राना समुदायमा राखियो सावनको डोला
    images
    images
    images
    images
    महेन्द्रनगर ।  कञ्चनपुरका राना समुदायमा सावनको डोला राखिएको छ । राना बसोबास गर्ने गाउँमा साउन महिनाको सुरुमै सार्वजनिक स्थानमा पिङ राख्ने गरिन्छ । यो राना समुदायको परम्परागत चलन हो । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना समुदायको बसोबास छ । राना थारु समुदायले साउन महिनामा घर तथा समुहमा पिङ हालेर खेल्ने गर्छन । यसलाई उनिहरुको समुदायमा सावनको डोला भन्ने चलन छ । 
    यस वर्ष मलामासका कारण भदौ २ गते तीन मनाउने निर्णय गरे पनि त्यसअघी डोला खेल्दै रमाइलो गर्ने गर्दछन । परम्परागत पहिरनमा सजिएका राना महिला आफ्नै पारामा गीत गाउँदै पिङमा मच्चिएर आनन्द लिने गर्दछन । भीमदत्त नगरपालिका–१९ का साहेब रानाले साउन एक गते नै राना गाउँमा साउनको डोला(पिङ) हालेको बताए । “मलमासका कारण भदौ दुई गते तीज मनाउने निर्णय गरेका छौ ।” रानाले भने–“तीजअघि नै हाम्रो समुदायमा सानवको डोला राख्ने चलन छ ।” उनले विशेषगरी दिदिभहिनीले पिङमा मच्चिदै माङ्गलिक गीत गाउने गरेको बताए । राना समुदायका महिलाहरूले दाजु भाइ र भतिजाहरुको दीर्घायूको लागि व्रत बसेर तीज मनाउने प्रचलन छ ।


  • सम्बन्धित विषय:

  • # राना समुदाय
  • प्रतिक्रिया दिनुहोस