बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

कञ्चनपुरका साहित्यकारको साहित्यिक–सास्कृतिक बिमर्श अभियान


पश्चिम प्रेस
बुधबार, साउन ३ २०८०
  • 525
    Shares

  • images
    images
    कञ्चनपुरका साहित्यकारको साहित्यिक–सास्कृतिक बिमर्श अभियान
    images
    images
    images
    images
    महेन्द्रनगर ।  कञ्चनपुरमा साहित्यकारहरुको समुहले साहित्यिक–सास्कृतिक बिमर्श अभियान चलाएका छन । प्रगतिशिल लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतबन्धुले संस्कृति पुस्तान्तरण र सर्जकहरुको श्रीवृद्धिका लागि घरदैलोमा साहित्यिक–सास्कृतिक बिमश अभियान सञ्चालन गरिएको जानकारी दिए । हरेक दिन सर्जकहरुको घरमा पुगेर साहित्यिक–सास्कृतिक बिमर्श हुने गरेको उनले बताए । “यसले संस्कृति पुस्तान्तरण त हुन्छ नै संगसंगै सर्जकहरुमा पनि निखार आउछ ।” अध्यक्ष पन्तले भने–“यसले पछिल्लो पुस्तालाई हाम्रो संस्कृतिबारे जानकार गराउन सहयोग पुग्छ ।” 
    यहाँको सामाजिक,सास्कृतिक तथा साहित्यिक उन्नयनका लागि सहकार्य, सामाजिक सद्धभावका लागि पनि कार्यक्रम महत्वपूर्ण भएको उनको भनाई छ ।  गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदिश ओझाले घरदैलो अभियानले सामाजिक सद्धभाव कायम हुनुका साथै परम्परा र पद्धति स्थापित हुने बताए । “यो कार्यक्रमले सर्जकहरूलाई सक्रिय, सकारात्मक, सिर्जनशील बनाउने मात्रै होइन समस्याको रूपमा देखापरेको पुस्तान्तरणमा पनि सहजीकरण गर्ने हो ।” ओझाले भने–“कार्यक्रममा श्रष्टाहरुका रचना वाचन प्रस्तुत हुन्छन ।” गत सातादेखि सुरु भएको अभियान निरन्तर रुपमा सञ्चालन हुनेछ । यो अभियानमा प्रत्येक दिन श्रष्टाको घरमा पुगेर रचना वाचन,छलफल र संस्कृतिका विषयमा विचार विमर्श हुने गर्दछ । 
     
     


  • सम्बन्धित विषय:

  • # साहित्यिक–सास्कृतिक बिमर्श अभियान
  • प्रतिक्रिया दिनुहोस